लागु औषधका बिषयमा ब्यापक जनचेतना जगाउनुपर्छ : उप–प्रमुख चौधरी

ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाकी उप–प्रमुख सरस्वती देवी चौधरीले बिद्यालय स्तरबाटै लागु औषधका बिषयमा जनचेतना जगाउनुपर्ने बताउनुभएको छ । वडा नम्बर ७ मा लियो क्लब अफ् जीतपुरले शुरु गरेको बिशेष चेतनामुलक कार्यक्रमलाई सम्बोधन गर्दे उप–प्रमुख चौधरीले यस्तो बताउनुभएको हो ।
लागु औषध तथा मादक पदार्थ नियन्त्रण गर्न बिद्यालय तहबाटै कार्यक्रम सञ्चालन गर्नुपर्नेभन्दै उहाले यसको लागी जीतपुरसिमराले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । लागु औषधलाई होईन जिवनलाई रोजौं भने नाराका साथ लियो क्लब अफ् जीतपुरले हिजोबाट लागु औषध सम्बन्धी बिशेष जनचेतनामुलक कार्यक्रम शुरु गरेको छ ।
कार्यक्रमकाबिच लागु औषधका बिषयमा ईरसाद असारी, मिथलेस महेतो र धुर्व अधिकारीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम लियो क्लबका अध्यक्ष सचिन श्रीस्वतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाली काग्रेसका महाअधिबेशन प्रतिनिधि कृष्णब्रत सिंह, जितपुरसिमरा नगर उधेग बणिज्य संधका अध्यक्ष संजय साह, मुकुन्द बहादुर क्षेत्री, अफ्ताब आलम, इरसाद असारी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा झन्डै ४ सय जनाको सहभागीता रहेको पत्रकार मनोज कुमार साहले जानकारी दिनुभयो ।