पथलैयामा ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

बाराको जीतपुरसिमरा उपमहानगरपालिका– १ पथलैयामा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा घुमाएर फलफुल बेच्दै आएका भारतको मोतिहारीका रामा साह रहेको दुई नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।
पथलैयास्थित प्रहरी कल्याण कोषको पेट्रोल पम्पमा तेल हाल्न गएको ना ५ ख ४२०९ नम्बरको ट्रकले साहलाई ठक्कर दिएको थियो। पेट्रोल पम्प छेउमा रोकिएका सवारी साधनका यात्रुलाई भुँइकटर बेच्न जाने क्रममा बिहिबार साँझ उनलाई ट्रकले ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट गम्भिर घाईते भएका साहको उपचारका क्रममा गएराती सिमरास्थित अल्पाईन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न चालक तथा ट्रक इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए ।