सिमराका शालिकराम अधिकारीले यसरी गरे जन्मदिनको सदुपयोग

ए वान डेस्क /
शालिकराम अधिकारी । पेशाले शिक्षक । सिमरा कलेज सिमराका प्रमुख रहनुभएका अधिकारी सिमरा पब्लिक ई. स्कुलका संस्थापक समेत हुनुहुन्छ । त्यसबाहेक सिमरा रहेको संगालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षसमेत रहनुभएका अधिकारी अन्य बिभिन्न क्षेत्रमा आवद्ध हुनुहुन्छ ।
सिमरालाई नै कार्यक्षेत्र बनाएर बिगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहनुभएका अधिकारीले आज परेको आफ्नो जन्मदिनलाई फरक तरिकाले सदुपयोग गर्नुभएको छ । जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ निवासी अधिकारीले आफ्नो जन्म दिनको दिन एउटा बिद्यालयमा मनाउनुभएको छ ।
जन्मदिनको अवसरमा उहाले सरस्वती आधारभुत बिद्यालय दसबिगाहमा आज शैक्षिक सामाग्री तथा पोशाक वितरण गर्नुभएको छ । बिद्यालयमा आयोजित एक कार्यक्रमकाबिच उहाले आज बिहान ५० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गर्नुभएको नेपाल अपांग सेवा संघ बाराका अध्यक्ष धनप्रसाद बजगाईले ए वान समाचारलाई जानकारी दिनुभयो ।
जन्म दिनमा अनावश्यक काममा फजुल खर्च गर्नु भन्दा आफ्नो गक्ष अनुसार असाय र अशक्तहरुलाई सहयोग गर्दा थोरै भएपनि उनीहरुका पिडा सम्वोधन होउन भन्ने उदेश्यले शैक्षिक सामाग्री प्रदान गरेको अधिकारीले बताउनुभयो । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैया खचिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ ।
जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी पाटी समेत गर्ने प्रचलन बढदै गरेको अवस्थामा अधिकारीले आफ्नो जन्मदिनको खर्च बिद्यार्थीलाई खर्चिनुभएको हो । ‘हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न सक्छौं तर गरिब विपन्न विद्यार्थीको शैक्षिक उन्नतीका लागी कहिलै सोच्दैनौं’ अधिकारीले भन्नुभयो ।