बारा प्रहरीद्धारा ३ जना फरार प्रतिवादी पक्राउ

ए वान डेस्क
७ भाद्र २०७५, बिहीबार २२:२६

ए वान डेस्क /

बारा प्रहरीले बिभिन्न मुद्दाका ३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अन्र्तगतको बिभिन्न ईलाकाबाट खटिएको प्रहरी टँेलिले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराले ३० वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक रंजित सिंह राठौरका अनुसार ३० वर्षदेखि फरार रहेका महागढिमाई नगरपालिका वडा नम्बर ११ मधुरी टोलि बस्ने पल्ट साहलाई पक्राउ गरिएको हो ।  यसअघि २०४५ सालमा साहलाई २०४५ सालमा सर्वोच्च अदालतले दोसी ठहर गरेको थियो ।

यस्तै ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले किर्ते मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाराका प्रहरी प्रवक्तासमेत रहेका राठौरले जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २१ निवासी सोनु दास बानियालाई आफ्नै टोलबाट पक्राउ गरेको हो । बानियालाई २०७३ सालमा जिल्ला अदालत कलैया बाराले किर्ते मुद्दामा दोसी ठहर गरेको थियो ।

यस्तै जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार लागु औषध मुद्दाका एक जना फरार प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरेको छ । २०७३ सालमा जिल्ला अदालत कलैया बाराले लागु औषध मुद्दामा दोसी ठहर गरेको निजगढ नगरपालिका वडा नम्बर ८ निवासी दुर्गा देबी घिमिरेलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता राठौरले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*