पर्सा राष्ट्रिय निकुञ्जले साहलाई दियो २ लाखको चेक

ए वान डेस्क /
पर्सा राष्ट्रिय निकुञ्जले हात्तिको आक्रमणबाट घँईते भएका एक जनालाई आज आर्थीक सहयोग गरेको छ । आधाभारमा आयोजित एक कार्यक्रमकाबिच हात्तिको आक्रमणबाट घाईते भएका पर्साको पोखरीया नगरपालिका वडा नम्बर ९ निवासी पन्नालाल साहलाई निकुञ्जले आर्थीक सहयोग गरेको हो ।
वन्यजन्तुबाट हुने क्षतीको राहत निर्देशिका २०६९ को दोश्रो संसोधन २०७४ बमोजिम साहलाई २ लाख राहत रकम बराबरको चेक हस्तान्तरण गरिएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति आधाभारका कार्यालय सहायक रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार साहलाई निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको थियो । केहिसमय अघि साहलाई जंगली हात्तिले आक्रमण गरेर घाईते बनाएको थियो ।
कार्यक्रममा निकुञ्जका सहायक संरक्षण अधिकृत शिव नारायण साह, असोक कुमार राम, लेखा अधिकृत सागर पाठक, नायव सुब्बा बिरेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।