जीतपुरसिमरा उप–महानगरलाई वडाले दियो च्यालेन्ज, थप १० सेवा निशुल्क गर्ने घोषणा
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १६ ले ३४ प्रकारका सिफारिश निशुल्क गर्ने निर्णय गरेको छ । यही भदौ ३ गते बसेको वडा नम्बर १६ को बैठकले आफ्नो वडाभित्र ३४ प्रकारका सिफारिश निशुल्क गर्ने निर्णय गरेको हो ।
यसअघि जीतपुरसिमरा उप–महानगरपालिकाले २४ प्रकारका सिफारिश निशुल्क गर्ने घोषणा गरेको थियो । उप–महानगरपालिकालाई च्यालेन्ज दिदै वडा नम्बर १६ ले थप १० सिफारिश निशुल्क गर्ने घोषणा गरेको हो ।
ए वान समाचारसंग कुरागर्दे वडा अध्यक्ष केदार बजगाईले वडाबाट ३४ प्रकारका सिफारिश निशुल्क गर्ने निर्णय भएको जानकारी दिनुभयो । एक सार्वजनीक सुचना जारी गर्दे वडा नम्बर १६ को कार्यालयले यही भदौ ५ गतेदेखि लागु हुने गरी ३४ प्रकारका सिफारिश वडाबाट निशुल्क लिने व्यवस्था मिलाईएको बताएको छ ।
‘यदि नगरपालिकाले नमानेमा चलानीको आधारमा आफ्नो भत्ता र सेबासुबिधाबाट जनताको काम गर्नेछौ, त्यसमा सिफारिस बराबरको लाग्ने कर नगरपालिकालाई बुझाउनेछु’ वडा अध्यक्ष बजगाईले भन्नुभयो । कुन–कुन सिफारिश लिदा शुल्क लाग्दैन् ? हेर्नुहोस् निर्णय पत्र
























