सर्वसाधारण सेवाग्राहीलाई समेत पोसाक तोक्ने तयारी

ए वान डेस्क
१० भाद्र २०७५, आईतवार ०८:०८

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा आउने सर्वसधारणको समेत पोसाक तोक्ने गरी छलफल अघि बढाएको छ ।

गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले सेवाग्राहीको पोसाकबारे आन्तरिक छलफल सुरु भएको बताए ।

कर्मचारीको निश्चित पोसाक भएपछि सेवाग्राही पनि मर्यादित पोसाकमा आउनु राम्रो हो, उनले भने, यसबारे केहि निर्णय त भएको छैन, छलफल भने चलाएका छौँ ।

मर्यादित पोसाक भनेको कस्तो हो, त्योचाहिँ यकिन भईसकेको छैन ।

विस्तृत छलफलपछि पोसाक टुंगो लगाईने मन्त्रालयले जनाएको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*