भेट्रान फुटबल : आज फाईनल, आयोजक र हामा भिड्ने

फाईल फोटो
ए वान डेस्क
१० भाद्र २०७५, आईतवार ०९:४३

शिवराज अधिकारी /

बाराको सिमरामा जारी भेट्रान कप फुटबल प्रतियोगिता अन्र्तगत आज फाईलन खेल हुदैछ । हुलास फुटबल क्लब सिमराको आयोजनामा वडा नम्बर २ स्थित गैरीटोलमा जारी फुटबल प्रतियोगिता अन्र्तगत आज फाईनल खेल हुन लागेको हो ।

उपाधीका लागी आज आयोजक हुलास फुटबल क्लब र हामा स्टिल क्लब भिड्दैछन् । दुई टिमबिचको फाईनल खेल आज दिउसो ३ बजेदेखि शुरु हुने आयोजक क्लबका अध्यक्ष सोमलाल बोम्जनले ए वान समाचारलाई जानकारी दिनुभयो ।

हामा स्टिल क्लबले भेट्रान ३० तथा आयोजकले विकाशसील क्लब सिमरालाई पराजित गर्दे फाईनल प्रवेश गरेको हो । प्रतियोगितामा १० टिमको सहभागीता रहेको छ ।

प्रतियोगिताको बिजेताले ४० केजिको खसि तथा उप–बिजेताले ४ वटा व्वाईलर पाउने अध्यक्ष बोम्जनले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*