हामाले उचाल्यो भेट्रान कपको उपाधी, आयोजक ४–२ ले पराजित

शिवराज अधिकारी /
बाराको सिमरामा आयोजित भेट्रान कप फुटबल प्रतियोगिताको उपाधी हामा स्टिल सिमराले उचालेको छ । वडा नम्बर २ स्थित गैरीटोलमा हिजो भएको फाईनल खेलमा आयोजक हुलास फुटबल क्लबलाई सडनडेथमा ४–२ गोल अन्तरले पराजित गर्दे हामाले प्रतियोगिताको उपाधी उचालेको हो ।
सडनडेथ अघिको खेलमा दुवै टिमले राम्रो खेलेपनि गोल गर्न सकेनन् । हामा स्टिल क्लबले भेट्रान ३० तथा आयोजकले विकाशसील क्लब सिमरालाई पराजित गर्दे फाईनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा १० टिमको सहभागीता रहेको थियो । प्रतियोगिताको बिजेतालाई ४० केजिको खसि तथा उप–बिजेतालाई ४ वटा ब्वाईलर कुखुरा प्रदान गरिएको आयोजक हुलास फुटबल क्लबका अध्यक्ष सोमलाल बोम्जनले जानकारी दिनुभयो ।
प्रतियोगितको बिजेता र उप–बिजेतालाई कार्यक्रमका प्रमुख अथिति नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ताले ट्रफिसहित खसि तथा कुखुरा प्रदान गर्नुभएको थियो ।