जीतपुरको भण्डारी बस्त्रालयमा भिषण आगलागी, ४० लाखको क्षती
ए वान डेस्क /
बाराको जीतपुरमा रहेको भण्डारी बस्त्रालयमा गएराती भिषण आगलागी भएको छ । वडा नम्बर ७ स्थित टेडा रोडमा पर्ने केशर भण्डारीको भण्डारी बस्त्रालयमा गएराती आगलागी भएको हो ।
ईलाका प्रहरी कार्यालय सिमराले दिएको जानकारी अनुसार सो बस्त्रालयमा बिद्युत्त सर्ट भई आगलागी भएको थियो । ‘ राती १० बजेर ४० मिनेट जादा भण्डारी बस्त्रालयमा आगलागी भएको थियो, आगो बिजुली सर्ट भएर लागेको देखियो’ ईलाका प्रहरी कार्यायल सिमराका प्रहरी नीरिक्षक सुभाष हमालले ए वान समाचारसंग भन्नुभयो ।
आगलागीका कारण झन्डै ४० लाख बराबरको लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगो १ घण्टापछि नियन्त्रणमा आएको थियो ।
प्रहरी नीरिक्षक हमालका अनुसार आगो जीतपुरसिमरा र पर्साबाट आएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको थियो ।























