पर्सा राष्ट्रिय निकुञ्जद्धारा मनहरीमा चेक हस्तान्तरण

ए वान डेस्क
१३ भाद्र २०७५, बुधबार ०९:०८

शिवराज अधिकारी /

पर्सा राष्ट्रिय निकुञ्जले बिभिन्न बन्यजन्तुको आक्रमणबाट मृत्यु तथा घाईते भएकाहरुको परिवारलाई आर्थीक सहयोग गरेको छ । मनहरी उपभोक्ता समितिको सभाहलमा आयोजित एक कार्यक्रमका बिच निकुञ्जले मृत्यु तथा घाईते भएकाहरुको परिवारलाई आर्थीक सहयोग गरेको हो ।

कार्यक्रमकाबिच बाघको आक्रमणबाट मत्यु भएकी मनहरी गाउपालिका वडा नम्बर ७ निवासी सरस्वती बर्तौलाको परिवारलाई १० लाखको चेक प्रदान गरिएको थियो । यस्तै कार्यक्रमकाबिच बाघको आक्रमणबाट घाईते भएका लालबहादुर अर्याललाई ६२ हजार ३ सय ४० तथा गोहीको आाक्रमणबाट घाईते भएका रेशम भुजेललाई निकुञ्जले १८ हजार २ सय ७० रुपैयाको चेक प्रदान गरेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका कार्यालय सहायक राम प्रसाद अधिकारीले ए वान समाचारलाई जानकारी दिनुभयो ।

कार्यक्रमका बिच पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र मनहरी गाउपालिकाका अध्यक्ष एकराज उप्रेतीले संयुक्त रुपमा मृत्यु तथा घाईते भएकाहरुको परिवारलाई चेक हस्तान्तरण गर्नुभएको थियो । चेक हस्तान्तरण गर्दे उहाहरुले बन्यजन्तु संरक्षण गर्न सबै जागरुप हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लेखा अधिकृत सागर पाठक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कमल राईले गर्नुभएको थियो भने स्वागत बिमल कार्कीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*