जीतपुरसिमराका बल बहादुर कार्की १५ बर्षपछि पक्राउ परे

ए वान डेस्क
१३ भाद्र २०७५, बुधबार २०:१६

ए वान डेस्क /

ईलाका प्रहरी कार्यालय सिमराले १५ वर्षदेखि चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरी नीरिक्षक सुभाष हमाल नेतृत्वको टोलिले चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

प्रहरीले जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ४ निवासी  बल बहादुर कार्कीलाई औराहबाट पक्राउ गरेको हो । कार्कीलाई जिल्ला अदालत कलैया बाराले २०६० सालमा चोरी मुद्दामा १ महिना ४ दिनको सजाय सुनाएको थियो ।

पक्राउ परेका कार्कीलाई जिल्ला अदालत बाराबाट कैद भुक्तानीको लागी विरगञ्ज करागार पठाईएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*