बारा प्रहरीद्धारा अबैद्य मदिरा बेच्ने १६ जना पक्राउ

ए वान डेस्क /
जिल्ला प्रहरी कार्यालय बाराले अबैद्य घरेलु मदिरा बेच्ने १६ जनालाई पक्राउ गरेको छ । जिल्ला मातहतको बिभिन्न कार्यालयबाट खटिएको प्रहरी टोलिले अबैद्य मदिरा बेच्ने १६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट २५७ लिटर अबैद्य घरेलु मदिरा तथा ६ बोरा सोफि मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक रंजित सिंह राठौरले जानकारी दिनुभयो । पक्राउ परेका मध्य १५ जनालाई आन्तरीक राजश्व कार्यालय सिमरा तथा १ जनालाई भंसार कार्यालय विरगञ्ज पठाईएको प्रहरीले जनाएको छ ।