बारामा शिक्षा तथा साक्षरता दिवस मनाउन आग्रह

ए वान डेस्क /
जिल्ला प्रशासन कार्यालय बाराले यसबर्ष भब्य रुपमा शिक्षा तथा साक्षरता दिवस मनाउन सबै स्थानीय तहका बिद्यालयहरुलाई आग्रह गरेको छ । प्रशासन कार्यालय अन्र्तगतको शिक्षा विकास तथा समन्वय ईकाईले भदौ २३ गते भब्य रुपमा शिक्षा तथा सारक्षरता दिवस मनाउन आग्रह गरेको हो ।
जिल्लामा रहेका सबै बिद्यालय तथा सामुदायिक सिकाई केन्द्रलाई पत्राचार गर्दे ईकाईले ३९औ राष्ट्रिय शिक्षा दिवस तथा ५२औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम गर्न भनेको छ । “समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पुर्वाधार” भन्ने मुल नाराका साथ यसबर्ष दिवस मनाउन आग्रह गरिएको छ ।
यस्तो छ ईकाई कलैया बाराले सबै बिद्यालय तथा सामुदायिक सिकाई केन्द्रलाई काटेका पत्र