वडा अध्यक्ष घिमिरेले बृद्धाश्रममा मनाए आफ्नो जन्मदिन (भिडियोसहित)

ए वान डेस्क
१६ भाद्र २०७५, शनिबार १३:३५

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जगरनाथ घिमिरेले आफ्नो जन्मदिन आज पथलैयाको जेष्ठ नागरीक बृद्धाश्रममा मनाउनुभएको छ । आज बिहान परिवारसहित पथलैयाको जेष्ठ नागरीक बृद्धाश्रममा पुग्नुभएका घिमिरेले त्यहाका बृद्धबृद्धासंग खुशी साटासाट गरी आफ्नो जन्मदिन मनाउनुभएको हो ।

५५ बर्ष पुरा गरी ५६ बर्ष प्रवेश गरेको अवसरमा वडा अध्यक्ष घिमिरेले जेष्ठ नागरीक बृद्धाश्रमलाई खाद्यान्न सामाग्री प्रदान गर्नुभएको छ । खाद्यान्न सामाग्री प्रदान गर्दे वडा अध्यक्ष घिमिरेले दान नै पुण्य भएको बताउनुभयो । ‘मानिसहरु बिभन्न तरिकारले आफ्नो जन्मदिन मनाउछन्, तर म अध्यक्ष भएको पहिलो बर्ष भएको कारणले गर्दापनि मैले पथलैयामा नै मनाउने बिचार गरे’ ए वान समाचारसंग कुरागर्दे उहाले भन्नुभयो ।

घिमिरेको जन्मदिनमा पथलैया बृद्धाश्रममा के के देखियो त ? हेर्नुहोस् भिडियो

https://www.facebook.com/a1samachar/videos/548977915559243/

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*