पथलैयामा भोलि हुन लागेको श्रीकृष्ण जात्राको सम्पुर्ण तयारी पुरा

ए वान डेस्क /
बाराको पथलैयामा भोलि हुन लागेको श्रीकृष्ण जात्राको सम्पुर्ण तयारी पुरा भएको छ । पथलैया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजनामा भोलि भब्य जात्रा हुदैछ ।
आयोजक मुल समारोह समितिका संयोजक कृष्ण ढुंगेलले भोलि दिउसो ३ बजेदेखि जात्रा शुरु हुने बताउनुभयो । जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ स्थित पथलैयामा हुन लागेको जात्राबाट एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको छ ।
‘एम्बुलेन्स खरिद गर्ने उदेश्यका साथ भोलि जात्रा हुदैछ, हामीले यसको सम्पुर्ण तयारी पुरा गरिसकेका छौ’ मुल समारोह समितिका संयोजक ढुंगेलले ए वान समाचारसंग भन्नुभयो । जात्रामा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुले आफ्नो प्रस्तुती देखाउनेछन् ।
संयोजक ढुंगेलका अनुसार भोलिको जात्रामा नेपालका चर्चित गायक शिव परियारसंगै, भिमफेदी गाईज सहित स्थानीय व्याण्डको समेत प्रस्तुती रहनेछ । जात्रा हेर्न यसबर्षदेखि टिकटको व्यवस्था गरिएको छ ।
संयोजक ढुंगेलका अनुसार यसबर्ष जात्रा हेर्नको लागी ५० रुपैया टिकट निर्धारण गरिएको छ ।
हेर्नुहोस् संयोजक ढुंगेलसंगै पथलैया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुरेश लामासंग गरिएको कुराकानी ।
https://www.youtube.com/watch?v=pK7LX2n7XUE&feature=youtu.be