पथलैयामा आज भिमफेदी गाईजले भन्नेछ ‘ए सरकार’
ए वान डेस्क /
बाराको पथलैयामा आज हुन लागेको श्रीकृष्ण जात्रामा भिमफेदी गाईजले आफ्नो प्रस्तुती देखाउदैछ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आयोजना गर्न लागेको जात्रामा भिमफेदी गाईजले आफ्नो प्रस्तुती देखाउन लागेको हो ।
२ सयभन्दा बढि म्युजिक भिडियोमा आफ्नो नृत्य देखाईसकेको भिमफेदी गाईजले आज झन्डै आधा दर्जन नृत्य देखाउने तयारी गर्देछ । आजै पछिल्लो समय युटुबमा भाईरल भएको ए सरकार बोलेको गितमापनि नृत्य गर्ने तयारी भईरहेको भिमफेदी गु्रपका लिडर निर्मल लामाले ए वान समाचारलाई जानकारी दिनुभयो ।
मकवानपुरका पत्रकार गिरिजा अधिकारीको शब्द, गायक तथा संगितकार बिकास पाण्डेको संगित तथा गायक पुष्पन प्रधानको स्वर रहेको सो भिडियो अहिलेसम्म ३ लाख २५ हजारले हेरिसकेका छन् । भिमफेदीले बाराली गायक देवेन्द्र कार्कीको झिमझिम झिमकाई बोलको गितमा पनि आफ्नो प्रस्तुती देखाउने बुझिएको छ ।
गायक तथा संगितकार बिकास पाण्डे शब्द संगित रहेको सो गितपनि युटुबमा निकै रुचाईएको छ । युटुबमा सो भिडियो अहिलेसम्म १ लाख ५८ हजारले हेरिसकेका छन् ।
जात्रा दिउसो ३ बजेदेखि शुरु हुनेछ ।