घुससहित यादव पक्राउ

ए वान डेस्क
१९ भाद्र २०७५, मंगलवार २१:३०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय धनुषामा कार्यरत जयगोविन्द यादवलाई रु १५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार गाउँ ब्लकको जग्गा नापी गरी लगत किताबमा जग्गाधनीको लगत राख्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग्दामाग्दै पक्राउ गरिएको जानकारी दिनुभयो । आयोगको टोलीले लक्ष्मीनियाँ गाउँपालिका–३ स्थित अगिलेश्वरबाट पक्राउ गरी छानबिन भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*