होटल व्यवसायी संघ बारा : अधिवेशन नया, कार्यसमिति पुरानै

ए वान डेस्क
२२ भाद्र २०७५, शुक्रबार ०९:४९

ए वान डेस्क /

होटल व्यवसायी संघ बाराको दोश्रो साधारणसभा एवं प्रथम अधिवेशन भोलि हुदैछ । अमलेखगञ्जको एलिफेन्ट भिलेज रिर्सोटमा हुन लागेको दोश्रो साधारणसभा एवं प्रथम अधिवेशनले नया कार्यसमिति चयन गर्नेछ ।

हाल ९ कार्यसमिति रहेको होटल व्यवसायी संघ बारामा भोलि हुने प्रथम अधिवेशनले ६ जना थप गरी १५ सदस्य बनाउने तयारी गरेको छ । हाल संघ बाराको नेतृत्व पर्यटन व्यवसायी मोहन शर्मा लामिछानेले गरिरहनुभएको छ ।

स्रोतका अनुसार नया कार्यसमिति पनि पुरानै दोहोरिने सम्भावना छ । ‘हामीले पुरानै कार्यसमितिलाई निरन्तर्ता दिने तयारी गरिरहेका छौ, त्यसमा ६ जना सदस्य मात्र थप गरिनेछ’ होटल व्यवसायी संघ बाराका एक जना पदाधिकारीले ए वान समाचारलाई बताए ।

अहिले संघ बाराको उपाध्यक्षमा अर्जुन लम्साल, प्रल्हाद उप्रेती, महासचिवमा शम्भु खड्गी, कोषाध्यक्षमा कल्याणी गौतम, सदस्यहरु मुन्निकाजी मगर, पेमा हेमजन, जनमदिप लामा र हेमलाल गौतम रहनुभएको छ । भोलि हुन दोश्रो साधारणसभा एवं प्रथम अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको होटल व्यवसायी संघ बाराले जनाएको छ ।

भोलि बिहान ९ बजेदेखि उद्घाटन शत्र शुरु हुने बताईएको छ । कार्यक्रमकाबिच भोलि सास्कृतीक प्रस्तुती समेत देखाईने होटल व्यवसायी संघ बाराका उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिनुभयो ।

यसैबिच, भोलि उद्घाटन शत्रपछि हुने बन्द शत्रमा आर्थीक प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गर्ने कार्यतालिका छ । साथै बन्द शत्रमा दोश्रो बारा खाना तथा दशै एवं हात्ति महोत्सव गर्ने बिषयमा समेत छलफल हुने महासचिव शम्भु खड्गीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*