निजामती सेवा दिवसको अवसरमा सिमरामा सरसफाई

ए वान डेस्क
२२ भाद्र २०७५, शुक्रबार १४:३३

ए वान डेस्क /

१५औ निजामती सेवा दिवसको अवसरमा बाराको सिमरामा आज सरसफाई गरिएको छ । नतिजामुखी प्रशासन : समृद्घि र सुशासन भन्ने मुल नाराका साथ सिमरामा आज बिहान सरसफाई गरिएको हो ।

दिवसको अवसरमा आयोजित कार्यक्रमकाबिच सिमराको एयरर्पोट रोडको सरसफाई गरिएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछानेले ए वान समाचारलाई जानकारी दिनुभयो । सरसफाई कार्यक्रममा ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख बिशेश्वर रेग्मि, आन्तरीक राजश्व कार्यालय सिमराका प्रमुख राम प्रसाद पाठक, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साह लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*