होटल व्यवसायी संघ बाराको नया कार्यसमिति गठन

प्रदिप गौतम /
होटल व्यवसायी संघ बाराको नया कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । बाराको अमलेखगञ्जमा आज सम्पन्न होटल व्यवसायी संघ बाराको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशनले नया कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
अधिवेशनले पुनः मोहन शर्मा लामिछानेको अध्यक्षतामा १९ सदस्य नया“ कार्यसमिति चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा अर्जुन लम्साल, दोश्रो उपाध्यक्षमा प्रल्हाद उप्रेती, महासचिवमा शम्भु खड्गी, सचिवमा गोविन्द गहतराज, कोषाध्यक्षमा कल्याणी गौतम, सह–कोषाध्यक्षमा प्रभात कुमार सिग्देल चयन हुनुभएको छ ।
यसैगरी संघको सदस्यहरुमा हेमलाल गौतम, मुन्ना साह कल्वार, सरेश रुम्बा, उमेश दहाल, मन्नी काजी मगर, जनमदिप लामा, शोहन शर्मा, नारायण गोले, राजकुमार थापा, बिनोद जैसवाल र कृष्ण कुमार अधिकारी रहनुभएको छ । अधिवेशनले १ जना भने मनोनयन गर्ने व्यवस्था गरेको छ ।
संघको विधान अनुसार निवर्तमान अध्यक्ष नभएको खण्डमा अध्यक्षले १ जना उपाध्यक्ष मनोनयन गर्न सक्नेछ । नया कार्यसमितिका पदाधिकारीहरुले आजै पद तथा गोपनियताको सपथ खाएका छन् ।
उनीहरुलाई प्रमुख निर्वाचन अधिकृत दामोदर पौडेलले सपथ खुवाउनुभएको थियो । निर्वाचन कमिटिमा पौडेलसंगै गुरुप्रसाद गौतम र नवराज न्यौपाने रहनुभएको थियो ।
गौतम बने संयोजक
अधिवेशनले होटल व्यवसायी संघ बाराको सञ्चार संयोजकमा पत्रकार प्रदिप गौतमलाई चयन गरेको छ । अधिवेशपछिको बन्दशत्रले गौतमलाई सर्वसम्मत रुपमा सञ्चार संयोजक चयन गरेको हो । गौतम पत्रकार महासंघ बाराका कार्यसमिति सदस्य तथा ए वान समाचार डटकमका सम्पादक हुन् ।
उद्घाटन शत्र
होटल व्यवसायी संघ बाराको दोश्रोे साधारण सभा तथा प्रथम अधिवेशनको बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बिश्वकर्माले बारालाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सम्बद्ध सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।
‘पर्यटकीय क्षेत्र बनाउने बिषयमा हामी सबै एक हुन आवश्यक छ, त्यसको लागी मैले गर्नपर्ने सहयोग गर्नेछु’ उहाले भन्नुभयो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सिता गुरुङ्गले अमलेखगञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो । ‘हामीले ससंदमा पनि बारा खासगरी अमलेखगञ्जको बिषयमा धेरै कुरा उठाएको छौ, त्यसको लागी यो संघले बिशेष भुमिका खेल्ने छ भन्ने मैले बिश्वास लिएको छु’ उहाले भन्नुभयो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य शोभा लामाले यस क्षेत्रको बिकासका लागी आफुले सक्ने सहयोग गर्ने बताउनुभयो ।
को–को उपस्थित थिए ?
कार्यक्रममा होटल व्यवसायी संघ बाराका सल्लाहकार एवं पुर्व सभासद सोभाकर पराजुली, पुर्व सभासद मधु शाही, जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्राई, होटल व्यवसायी संघ बाराका सल्लाहकार एवं बरिष्ठ पर्यटन व्यवसायी युवराज लामा, होटल व्यवायी संघ बाराका सल्लाहकार एवं पर्यटन अभियान्ता राजन पौडेल, बरिष्ठ होटल तथा पर्यटन व्यवसायी ईच्छा बहादुर वाग्ले, होटल व्यवसायी महासंघ प्रदेश नम्बर २ का अध्यक्ष हिरा गौतम, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम होटल व्यवसायी बाराका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस्तो छ भावि योजना
क. व्यवसायी हित कोष कार्यक्रम सञ्चालन सम्बन्धमा ।
जसमा पर्यटन सहकारी सम्बन्धीत निकायमा दर्ता गरी सञ्चालन गर्ने ।
ख. दोश्रो बारा खाना तथा दशै महोत्सव गर्ने ।
ग. हात्ति महोत्सव अमलेखगञ्जमा गर्ने ।
घ. बारा पर्यटन पत्रकार समिति गठन गर्न पहल गर्ने ।
बाराको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यले समिति गठन गर्ने ।
ङ. संघको सञ्चार संयोजकमा पत्रकार प्रदिप गौतमलाई नियुक्त गर्ने ।
च. पर्यटन प्रवद्धन गर्ने उदेश्यले बिधान सम्वत बिभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने ।
छ. नियमित रुपमा गरिआएका क्रियाकलापलाई निरन्तर्ता दिने ।
३. बिधान संसोधन गर्ने ।