जीतपुरसिमरा १९ मा पुनः मतगणना होला त ? यस्तो छ अदालतको आदेश

दिपेन्द्र कुमार क्षेत्री
ए वान डेस्क
२५ भाद्र २०७५, सोमबार १५:४६

ए वान डेस्क /

उच्च अदालत विरगञ्जले स्थानीय तहको निर्वाचनका बेला जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १९ मा प्रयोग भएका सम्पुर्ण कागजातहरु झिकाउन जिल्ला निर्वाचन कार्यालय बारालाई आदेश दिएको छ । वडा अध्यक्ष सुदनदास तत्मा र जिल्ला निर्वाचन कार्यालयलाई बिपक्षी बनाई माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका दिपेन्द्र कुमार क्षेत्रीले हालेको रिट उपर आज आदेश दिदै अदालतले निर्वाचन कार्यालयलाई निर्वाचनको समयमा प्रयोग भएका मतपत्रसहित सबै काजगातहरु झिकाउन भनेको हो ।

एक बर्ष अघि असोज ६ गते वडा नम्बर १९ मा वडा अध्यक्षका लागी भएको मतदानको मतगणनामा धाधली भएकोभन्दै क्षेत्रीले उच्च अदालत विरगञ्जमा रिट हालेका थिए । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका वडा अध्यक्ष तत्माले क्षेत्रीलाई ४ मत अन्तरले पराजित गरेका थिए ।

वडा नम्बर १९ को सरस्वती माद्यामीक बिद्यालय ईनर्वासिरामा भएको मतदानमा २१८६ मत खसेको थियो । जसमध्य माओवादी केन्द्रका क्षेत्रीले ६५१ तथा नेकपा एमालेका तत्माले ६५५ मत ल्याउनुभएको थियो ।

‘त्यसबेला मतगणनामा धाधली भएकै हो, अब भने उच्च अदालत विरगञ्जले न्याय दिनेमा म बिश्वस्त छु’ क्षेत्रीले भन्नुभयो । उच्च अदालत विरगञ्जको यो आदेशसंगै जीतपुरसिमरा १९ मा पुनः मतगणना होला त ? त्यसको लागी भने अदालतको अर्को निर्णय कुर्नै पर्ने हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*