जीतपुरमा भोलिदेखि शुरु हुने गणेश पुजाको सम्पुर्ण तयारी पुरा

ए वान डेस्क
२७ भाद्र २०७५, बुधबार १३:३८

ए वान डेस्क /

बाराको जीतपुरमा भोलिदेखि गणेश पुजा शुरु हुदैछ । आयोजकले दिएको जानकारी अनुसार गणेश पुजाको सम्पुर्ण तयारी पुरा भएको छ । पुजा समितिका उपाध्यक्ष जितेन्द्र सरार्फ सम्पर्णले जितपुरको स्वास्थ्य चौकी आगाडी हुने पुजाको सम्पुर्ण तयारी पुरा भएको बताउनुभयो  ।

भोलिदेखि शुरु हुन लागेको गणेश पुजा ७ दिनसम्म चल्नेछ । पुजामा गायक सुनिल पण्डित लगायतका स्थानीय कलाकारहरुले आफ्नो सास्कृतीक प्रस्तुती देखाउनेछन् ।

जीतपुरका व्यवसायीको बिशेष सक्रियतामा हुन लागेको गणेश पुजाको अवसरमा भोलि बिहान शोभा यात्रा निकालिदैछ । भोलि बिहान पुजा स्थलबाट निकालिने शोभा यात्राले जीतपुर बजार परिक्रमा गर्ने सरार्फले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*