द बर्निङ्ग व्याण्डले सिमरामा लाईभ ईन कन्र्सट गर्ने
ए वान डेस्क /
बाराको सिमरामा लाईभ ईन कन्र्सट हुने भएको छ । नेपालीहरुको महानपर्व बडादशै र शुभ दिपावलीको अवसरमा द बर्निङ्ग व्याण्ड सिमराले कन्र्सट आयोजना गर्न लागेको हो ।
२०६९ सालमा स्थापना भएको द बर्निङ्ग व्याण्डले बिगतका बर्षमाझै यसबर्षपनि फुलपातीको दिन सिमरामा कन्र्सट गर्न लागेको हो । यसबर्षको कन्र्सटमा स्थानीय कलाकारका साथै राष्ट्रिय स्तरका कलाकारहरुको समेत प्रस्तुती रहने ब्याण्डका म्यानेजर विजय बोम्जनले ए वान समाचारलाई जानकारी दिनुभयो ।
असोज ३० गते फुलपातीको दिन हुने कन्र्सटमा बि. एट, ज्योवन भुजु, नेपाल आईडलका साहिल जमिर अलि, द बर्निङ्ग ब्याण्ड, ए.एम.जि ब्याण्ड, द डस्ट लगायतका राष्ट्रिय स्तरका कलाकारहरुले आफ्नो प्रस्तुती देखाउनेछन् । कन्र्सटलाई सफल बनाउन आयोजकले तयारी तिब्र पारेको छ ।