सवारी चालकद्धारा सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन
सवारी तथा यातायात ब्यस्था सम्बन्धी बनेको ऐन २०४९ को संशोधित ऐन २०७४ लाई संशोधन गर्न माग गर्दै बाराका सवारी चालकहरुले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गरेका छन् । संशोधित ऐनको दफा ६३ देखी ७३ सम्मका बुँदाहरु सवारी चालकहरुको हित बिपरीत भएको भन्दै चालकहरुले बाराका प्रमुख अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र पेश गरेका हुन् ।
बर्तमान ऐनअनुसार चालकहरु बिना कशुरपनी अपराधी बन्नुपर्ने बाध्यता श्रीजना हुने भन्दै उनीहरुले संघर्षसमिती नै बनाएर यसबिरुद्ध सरकारसँग लड्ने बताएका छन् । बर्तमान ऐन अनुसार दुर्घटनामा घाईते भए अथवा ब्यक्तिको मृत्यु भए दुबै अवस्थामा चालकलाई समान कारबाहीको ब्यवस्था गरीएको भन्दै उक्त नियम संशोधन गरी अंगभंग भएको अवस्थामा मृत्यु पश्चात हुने सजायको आधा सजाय राखीनुपर्ने माग ज्ञापनपत्रमा गरीएको छ ।
राजमार्गको प्रत्येक एक किलोमिटर सडक छेउमा सार्वजनीक पार्किङको ब्यवस्था हुनुपर्ने, सडकको कालोपत्रे बाहेक बाहिरको स्थानमा गाडी राख्न पाउनुपर्ने, सवारी दुर्घटना पश्चात प्रहरी प्रशासन बाहेक अर्को एक निश्पक्ष छानबिन टोली खटाउनुपर्ने, निश्चित स्थानमा मात्रै सिसिटिभी क्यामेराको निगरानीमा ट्राफिक चेकिङको ब्यवस्था हुनुपर्ने लगायत बिभिन्न १३ बुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री लगायत सम्बन्धीत निकायमा पेश गरीएको छ । नयाँ ऐनले सवारी चालकहरुलाई अपराधिको नजरले मात्रै हेरेको भन्दै त्यसो गरीनु सरासर गलत भएको पनी ज्ञापनबत्रमा उल्लेख गरीएको छ ।
ज्ञापनपत्र बुझ्नै प्रमुख जिल्ला अधिकारी गणेश भट्टराइले नेपालको सडक अवस्था, सम्बन्धीत निकायबिचको असमन्जस्यता लगायतका कारणले यस क्षेत्रमा बिभिन्न समस्या देखापर्नेगरेको भन्दै चालकको हित बिपरीत भएका कुराहरुमा यथाशिग्र सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।
नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितीको तर्फबाट पेश गरीएको ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालय सहित, गृह मन्त्रालय, भौतीक पूर्वाधार तथा यातायात मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारामा समेत पेश गरीएको छ ।















