प्रदेश ३ का मुख्यमन्त्रीद्वारा वृक्षरोपण

ए वान डेस्क
२८ भाद्र २०७५, बिहीबार ०९:०९

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टलले संयुक्तरुपमा हेटाँैडा सिमेन्ट उद्योगको खाली तथा पर्ति जग्गामा एक समारोहबीच वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

हेटाँैडा–९ लामसुरेमा रहेको हेटौँडा सिमेन्ट उद्योगको खाली जग्गामा स्थानीय बासिन्दा, सरकारी, प्रशासनिक तथा राजनीतिक दलका नेताले एकसाथ विभिन्न जातका फलफूलका ४०० बिरुवा रोपेका छन् । प्रकृतिको संरक्षण र बढ्दो वातावरण प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले वृक्ष रोपिएको हो ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले सरकारको एक्लो प्रयासले वातावरण संरक्षण नहुने भएकाले यसमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री पौडेल र आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकटेलसहित प्रशासनिक निकायको टोलीले भीमफेदी कारागारको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मन्त्रीको टोलीले कारागारको अवस्था, भौतिक सम्पत्ति, बन्दीको अवस्था, औषधोपचार, खानपानको व्यवस्था र सुरक्षाको अवस्थाबारे जानकारी लिएको थियो ।

सो क्रममा कानूनमन्त्री जम्मकट्टेलले भीमफेदी कारागारलाई प्रादेशिक कारागार (जेल)का रुपमा रुपान्तरण गरिने बताउनुभयो । उहाँले कारागारलाई बन्दीको बसोबासलाई व्यवस्थित पनि गरिने आश्वासन दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*