बारा खाना तथा दशै महोत्सव : सरोकारवालाबिच छलफल सम्पन्न

फोटो : शिवराज अधिकारी
ए वान डेस्क
२८ भाद्र २०७५, बिहीबार ११:४६

होटल तथा पर्यटन व्यवसायी संघ बाराले दोश्रो खाना तथा दशै महोत्सव २०७५ गर्ने भएको छ । नेपालीहरुको महान पर्व बडादशै तथा शुभ–दिपावलीको अवसर पारेर संघले यसबर्ष पनि खाना तथा दशै महोत्सव गर्ने भएको हो ।

संघ बाराले यसबर्ष असोज २७, २८ र २९ गते महोत्सव गर्ने तयारी गरेको छ । जीतपुरसिमरा उप–महानगरपालिकाभित्र हुने ३ दिने महोत्सवलाई सफल बनाउन संघले तयारी पनि तिब्र पारेको छ ।

तयारी स्वरुप आज बिहान बाराको सिमरामा सरोकारवालाबिच छलफल कार्यक्रम सम्पन्न भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा जनप्रतिनिधि, बिभिन्न संघ–संस्थाका व्यक्ति, राजनितिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजिवि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरुले महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउन आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सबैलाई समेटेर महोत्सव गर्नुपर्ने भन्दै सहभागीहरुले सबैलाई पायक पर्ने स्थानमा कार्यक्रम गर्न सुझाव दिए ।

कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले सबैको साथ र सहयोगले पहिलो महोत्सव सफल भएकोभन्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोग गर्न आग्रह गर्नुभयो । छलफल कार्यक्रमपछि आज बिहान सरोकारवालाको टोलिले सम्भावित कार्यक्रम स्थलको अवलोकन गरेको संघका सञ्चार संयोजक प्रदिप गौतमले जानकारी दिनुभयो ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*