दोश्रो खाना महोत्सवलाई लक्ष्ति गरी साईकलिङको तयारी, यस्तो छ रुट

ए वान डेस्क
२९ भाद्र २०७५, शुक्रबार १६:१८

दोश्रो खाना तथा दशै महोत्सवलाई लक्ष्ति गरी बारामा साईकलिङ कार्यक्रम आयोजना गर्न लागिएको छ । बारालाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने उदेश्यसहित होटल तथा पर्यटन व्यवसायी संघ बाराले साईकलिङ कार्यक्रम आयोजना गर्न लागेको हो ।

दोश्रो खाना तथा दशै महोत्सव र पर्यटकिय क्षेत्रको प्रचारप्रसारका लागी जीतपुरसिमरा उप–महानगरपालिका भित्र असोज १३ गते साईकलिङ कार्यक्रम आयोजना गर्न लागिएको संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार साईकलिङ कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेको छ ।

यसैबिच, आज बिहान एक टोलिले साईकलिङ्गका लागी रुट सुनिश्चित गरेको छ ।

यस्तो छ रुट

साईकलिङ्ग टोलि जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यलयबाट टेडा–रामवन हुदै जनजागरण–मुसहर्नीमाई–राधाकृष्ण मध्यवर्ती सामुदायीक वन उपभोक्ता समुह हुदै सिमरा चौक निस्किनेछ । त्यहाबाट सिमराको एयरपोर्ट रोड हुदै सिमरा खानेपानी–थानीमाई वन समिति–अपाङ्ग सेवा संघ–जनहित उपभोक्ता समिति–भिमेश्वर वन समुह हुदै टोलि पथलैया पुग्नेछ ।

पथलैयाबाट सिधै पर्सा राष्ट्रिय निकुञ्ज, आधाभार हुदै रेल वे ट्रयाकमार्फत चुरियामाई बन हुदै अमलेश्वर बन हात्तीसारसम्म पुग्नेछ । सो यात्रा तय गर्न करिब २५ किलोमिटर लाग्ने अनुमान गरिएको छ ।

यसैबिच, होटल तथा पर्यटन व्यवसायी संघ बाराले पर्यटन दिवस भब्य रुपमा मनाउने तयारी गरेको छ । संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार दिवसको दिन काठमाण्डौबाट हवाई यात्रा तय गरेर सिमरा आउने आन्तरीक तथा बाह्य पर्यटकहरुलाई सम्मान गरिदैछ ।

‘यसबर्षको पर्यटन दिवस हामीले अलि फरक तरिकारले मनाउने तयारी गर्देछौ, सो दिन पहिलो प्लेनमा चढेर सिमरा आउने यात्रुहरुलाई हामी सम्मान गर्नेछौ’ अध्यक्ष शर्माले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*