दुर्घटनामा दुईको मृत्यु

ए वान डेस्क
२९ भाद्र २०७५, शुक्रबार २०:३०

कैलालीको बल्चौरमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् ।

बसले ठक्करले लम्की चुहा नगरपालिका–३ का साइकल यात्री १४ वर्षीय अनिल वादीको ज्यान गएको छ । अर्का एक जनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख, प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । “साइकल यात्रीलाई ठक्कर दिएको छ,” प्रहरी निरीक्षक जोशीले भन्नुभयो, “गाडीका कर्मचारी कोही सम्पर्कमा छैनन्, मृतक चालक वा यात्री हुन् खुल्न सकेको छैन ।”

नेपालगञ्जबाट धनगढी जाँदै गरेको से१ख ११८८ नंको कर्णाली यातायातको बस आज दिउँसो बल्चौरमा दुर्घटनामा परेको हो । घाइते बैतडीका ज्ञानुप्रसाद जोशी, दार्चुलाका विक्रम बोहरालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । अन्य घाइते कञ्चनपुरका अमित तामाङ, दार्चुलाका किरण बोहरा, शिव खड्का र रामबहादुर चन्दको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*