जीतपुरसिमरामा दोश्रो व्यापार मेला हुने

ए वान डेस्क
१ आश्विन २०७५, सोमबार २०:५३

बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा दोश्रो कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७५ हुने भएको छ । ‘कृषि, पर्यटन र उद्योग बाराको पहिचान, प्रर्दशनी स्थल निर्माण हाम्रो अभियान’ भन्ने मुल नाराका एस फाउण्डेशन अफ् नेपालले जीतपुरसिमरामा व्यापार मेला गर्न लागेको हो ।

आज एक बिज्ञप्ति जारी गर्दे फाउण्डेशनका अध्यक्ष बेदप्रसाद भट्टले जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १४ मा कार्तिक ९ गतेदेखी १९ गतेसम्म व्यापार मेला हुने बताउनुभयो । व्यापार मेलामा कृषि उत्पादनको बजारीकरण तथा प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादनको प्रर्दशनी, दैनिक स्थानिय तथा राष्ट्रिय कलाकारद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुती सहित बालमेला समेत हुनेछ ।

व्यापार मेलामा बारा र आसपासका जिल्लाहरुवाट करिव दुई लाख दर्शकले सहभागिता जनाउने आयोजकको अनुमान छ । बिज्ञप्तिमा मेलाबाट हुने आर्थिक उपलब्धीको केहि प्रतिशत रकम सामाजिक क्षेत्रमा लगानी स्वरुप खर्च गर्ने उल्लेख छ । ‘जीतपुरसिमरा उप–महानगरपालिका वडा नं १४ मा हुने मेलाबाट प्रर्दशनी स्थल तथा पार्क निर्माण गर्ने हाम्रो लक्ष्य छ’ बिज्ञप्तिमा भनिएको छ ।

एस फाउण्डेशन अफ् नेपाल मुनाफा वितरण नगर्ने सामाजिक संस्था हो । व्यापार मेलालाई भब्य रुपमा सम्पन्न गर्न आयोजकले आन्तरीक तयारी तिब्र परेको छ ।

तयारी स्वरुप फाउण्डेशले असोज ६ गते शनिवार सर्वपक्षिय भेला आयोजना गरेको छ ।  ‘हामी सर्वपक्षिय भेलाबाट मुल समारोह समिति गठन गर्नेछौ, यसका लागी तपाई सबैको साथ र सहयोग आवश्यक छ’ अध्यक्ष भट्टद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*