राजधानीमै २१ बर्षीया युवतीमाथि सामुहिक बलात्कार

ए वान डेस्क
३ आश्विन २०७५, बुधबार ०७:५५

राजधानीमै सोमबार एक युवतीमाथि सामुहिक बलात्कार भएको छ ।

स्युचाटारमा डेरा गरी बस्ने २१ बर्षीया युवती साँझसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए ।

प्रहरीले राति ९ बजेतिर उनलाई स्युचाटारबाट भीमढुंगा जने बाटोमा पर्ने एक खाजा पसलबाट उद्धार गरेको थियो ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीका अनेसार मामा नाता पर्ने अर्जुनले दिउँसो साढे ४ बजेतिर युवतीलाई खाजा खान भन्दै होटलमा लगेका थिए ।

युवतीले आफुलाई नुवाकोट स्थायी ठेगाना भएका अर्जुन लामा, स्युचाटारकै एक होटलका सञ्चालक रामकृष्ण नगरकोटी र उनका साथी सुर्य लामाले बलात्कार गरेको बयान दिएकी छिन् ।

बलात्कारको अरोप लागेका तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*