बारामा पर्यटन दिवस : पर्यटक सम्मानदेखि साईकल यात्रासम्मको तयारी

ए वान डेस्क /
बारामा यसबर्षको बिश्व पर्यटन दिवस भब्य रुपमा मनाउने तयारी गरिएको छ । होटल तथा पर्यटन व्यवसायी संघ बाराको आयोजनामा यसबर्ष भब्य रुपमा दिवस मनाउन लागिएको हो ।
बिश्व पर्यटन दिवसको अवसरमा संघले ३ दिने बिशेष कार्यक्रम गर्देछ । दिवसको अवसरमा संघले पहिलो दिन काठमाण्डौबाट हवाईमार्फत सिमरा आउने पहिलो पर्यटकलाई सम्मान गर्देछ ।
सिमरा आउने पहिलो पर्यटकलाई यहाका पर्यटकीय स्थलहरुको बिषयमा जानकारी गराउने उदेश्यसहित पहिलो दिन बिशेष सफारीको व्यवस्था गरिएको होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो । ‘पहिलो यात्रुलाई हामी सम्मान गर्छौ, खाना, बस्न अनि घुमाउने कामपनि हामी गर्छौ’ शर्माले भन्नुभयो ।
दोश्रो दिन पर्यटन प्रर्वद्दनका बिषयमा अन्र्तक्रिया कार्यक्रम गर्न लागिएको छ । युवाहरुलाई पर्यटन क्षेत्रमा आवद्ध गराएर स्वरोजगार शिर्जना गर्ने उदेश्यसहित अन्र्तक्रिया गर्न लागिएको शर्माले बताउनुभयो ।
यसैगरी तेश्रो दिन साईकल यात्रा कार्यक्रम गर्न लागिएको छ । जीतपुरको गढिमाई मन्दिरबाट शुरु हुने साईकल यात्रा हात्तिसारसम्म पुग्नेछ ।
साईकल यात्राको लागी संघले फर्मसमेत खुल्ला गरेको छ । बिश्व पर्यटन दिवस यही असोज ११ गते मनाईदैछ ।