सिमरा महोत्सवमा २ लाख भन्दा बढि बचत

ए वान डेस्क /
बाराको सिमरामा आयोजित प्रथम सिमरा औद्योगिक व्यापार, कृषि मेला तथा खेलकुद महोत्सव २०७४ मा २ लाख भन्दा बढि बचत भएको आयोजकले जनाएको छ । आयोजक नव दुर्गा युवा क्लबले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा २ लाख भन्दा बढि बचत भएको बताएको हो ।
पत्रकार सम्मेलनमा आय व्यय सार्वजनीक गर्दे मुल आयोजक समारोह समितिका सविच शैलेस राज अर्यालले महोत्सवमा २ लाख ११ हजार रुपैया बचत भएको जानकारी दिनुभयो । अर्यालका अनुसार महोत्सवमा ३९ लाख ९० हजार ४ सय ९४ रुपैया आम्दानी तथा ३७ लाख ७९ हजार ४ सय ९४ रुपैया खर्च भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मुल आयोजक समारोह समितिका संयोजक हरि चौधरीले सबैको साथ र सहयोगले मेला सफल भएकोभन्दै धन्यवाद दिनुभयो । सल्लाहकार समितिका संयोजक दिनेश राईले यस्ता किशिमका मेला महोत्सवले पर्यटन प्रवद्र्धन हुने बताउनुभयो ।
कार्यक्रममा मुल आयोजक समारोह समितकिा सदस्यहरु अमृतलाल श्रेष्ठ, मिन प्रसाद आपागाई, छविलाला शर्मा, गिता कडेल, कमला घिमिरे, राधादेवि शाह, रबिन्द्र खकुरेल, औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महत, मुल आयोजक समारोह समितिका सह–संयोजक आरिफ हुसेन, युवा संघ नेपालका हिरा बस्नेत, गौरभ नेपाल लगायतको उपस्थिति रहेको थियो । मुल आयोजक समारोह समितिका संयोजक हरि चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो ।