जीतपुरसिमरामा कलाकारहरुको भेला सम्पन्न, संगित कला मञ्च गठनको तयारी

ए वान डेस्क /
बाराको जीतपुरसिमरा उप–महानगरपालिकामा आज कलाकारहरुको भेला सम्पन्न भएको छ । भेलाले संगित कला मञ्च बारा गठन गर्ने निर्णय गरेको छ ।
उदयमान संगितकार बिकास पाण्डेको अध्यक्षतामा सिमरामा आज सम्पन्न कलाकारहरुको भेलाले मञ्च गठन गर्ने निर्णय गरेको हो । कलाकारहरुको भेलाले अर्को भेलाबाट मञ्च बाराको तर्दथ समिति गठन गर्ने निर्णय गरेको संगितकार पाण्डेले ए वान समाचारलाई जानकारी दिनुभयो ।
जिल्लाभित्र छरिएर रहेका कलाकारहरुलाई संगठित गर्ने उदेश्यले संगित कला मञ्च बारा गठन गर्न लागिएको पाण्डेले बताउनुभयो । भेलामा गायक देवेन्द्र कार्की, सुशिल पौडेल, मनोज अधिकारी, विजय लामा, हरिकृष्ण पौडेल, मिलन श्रेष्ठ, कृष्ण जैशवाल, विशाल श्रेष्ठ, मनिषा पन्त, दिपु दुलाल, राज कुमार लामा, अर्जीना थापा, सन्जु बि.क र ईश्वर पुडाशैनीको उपस्थिति रहेको थियो ।