सवारी चालक र सरकारबिचको वार्ता जारी

ए वान डेस्क /
नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समिति र सरकारबिच अहिले वार्ता भईरहेको छ । स्रोतका अनुसार सघर्ष समिति र सरकारबिच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा वार्ता भईरहेको हो ।
वार्तामा सरकारको तर्फबाट मुख्य सचिव, यातायात व्यवस्था बिभागमा महानिर्देशक, गृह सचिव र कानुन सचिव रहेका छन् भने सर्घष समितिको तर्फबाट संयोजकसहित ९ जना पदाधिकारी रहेका छन् । वार्तामा संघर्ष समितिले मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी व्यवस्था संशोधन गर्न माग गरेको छ ।
यसअघि हिजो जिल्ला प्रशासन कार्यालय बाराको सक्रियतामा जितपुरमा भएको छलफलमा समिति र प्रशासनबीच काठमाडौंमा सरकारसंग वार्ता गर्ने सहमति भएको थियो ।