असोजदेखि डीभी खुल्ने

ए वान डेस्क
१० आश्विन २०७५, बुधबार १५:२०

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी)को आवेदन आउदो असोज १७ गते बिहान पौने १० बजेदेखि खुल्ने भएको छ ।

सन् २०२० को लागि आउदो १७ गतेबाट डीभीको आवेदन दिन सकिने काठमाडौंस्थित नेपाली दूतावासले जनाएको छ । डीभी भर्न चाहनेले तोकिएको समयभित्र www.dvlottery.state.gov वेब साइटमा गएर डीभीका लागि आदेवन भर्न सक्नेछन् । निवेदनकले २१ वर्षभन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने छ भने एउटा मात्र आवेदन दिनुपर्ने छ ।

यस्तै, अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग भएको फोटो यो वर्ष प्रयोग गर्न पाइने छैन साथै चस्मा लगाएको फोटो मान्य हुने छैन । डीभीको आवेदन कार्तिक २० गते बेलुका १०ः४५ बजेसम्म भर्न सकिनेछ ।

डीभी भरेपछि पाउने कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्छ । यही नम्बरका आधारमा डीभी परे नपरेको थाहा हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*