बारामा पर्यटन दिवसको रौनक : यात्रु स्वागत भब्य गर्ने तयारी

ए वान डेस्क /
बिश्व पर्यटन दिवसको अवसरमा बारामा बिभिन्न कार्यक्रम गरिने भएको छ । दिवसको अवसरमा होटल तथा पर्यटन व्यवसायी संघ बाराले भोलिदेखि बिभिन्न कार्यक्रम गर्न लागेको हो ।
३ दिने कार्यक्रम सार्वजनीक गर्दे संघ बाराले भोलि पहिलो दिन दिवसको अवसरमा सिमरा बिमानस्थलमा यात्रु स्वागत गर्देछ । काठमाण्डौबाट हवाई यात्रा गरेर सिमरा आउने पहिलो बिमानका सम्पुर्ण यात्रुहरुलाई संघ बाराले भोलि स्वागत गर्न लागेको हो ।
पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्र बिन्दु बनाएर पर्यटन प्रवद्र्धन अभियानमा लागेको संघ बाराले सिमरा आउने सम्पुर्ण यात्रुलाई भोलि बिहान स्वागत गर्न लागेको हो । ‘पहिलो बिमानमा चढेर सिमरा आउने सम्पुर्ण यात्रुहरुलाई हामी भोलि भब्य रुपमा स्वागत गदैर्छौ, यसले पर्यटन प्रवद्र्धनमा ठुलो भुमिका खेल्नेमा हामी बिश्वस्त छौ’ होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले भन्नुभयो ।
दिवसको अवसरमा संघ बाराले पर्सि अन्र्तक्रिया कार्यक्रम गर्देछ । पर्यटन प्रवद्र्धनमा युवाहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम पर्सि बिहान ७ बजे सम्यक होटल सिमरामा आयोजना गर्न लागिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
यस्तै दिवसको अवसरमा संघले १३ गते साईकलिङ कार्यक्रम गर्देछ । जीतपुरको गढिमाई मन्दिरबाट शुरु हुने साईकलिङ अमलेखगञ्जको हात्तिसारसम्म पुगेर टुंङिग्नेछ ।
सिमरा बजारमा असोज २७, २८ र २९ गते हुन लागेको दोश्रो बारा खाना तथा देशै महोत्सव २०७५ लाई सफल बनाउने उदेश्यसहित भोलिदेखि शुरु गर्न लागिएको ३ दिने बिशेष कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको होटल तथा पर्यटन व्यवसायी संघ बाराका सञ्चार संयोजक प्रदिप गौतमले जानकारी दिनुभयो ।
३९औ बिश्व पर्यटन दिवस भोलि नेपालसहित बिश्वभर बिभिन्न कार्यक्रम गरि मनाईदैछ ।