बारामा पर्यटन दिवस : सिमरा बिमानस्थलमा यात्रुलाई गरियो सम्मान

ए वान डेस्क
११ आश्विन २०७५, बिहीबार १२:११

काठमाण्डौबाट सिमरा आउने पहिलो बिमानका सम्पुर्ण यात्रुहरुलाई बाराको सिमरा बिमानस्थलमा आज सम्मान गरिएको छ । ३९औ बिश्व पर्यटन दिवसको अवसरमा होटल तथा पर्यटन व्यवसायी संघ बाराले यात्रुहरुलाई स्वागत स्वरुप आज सम्मान गरेको हो ।

पर्यटन दिवसको अवसरमा ३ दिने कार्यक्रम शार्वजनीक गर्दे संघले पहिलो दिन चालक दलका सदस्यसहित काठमाण्डौबाट सिमरा आउने सम्पुर्ण यात्रुहरुलाई फुल माला र खादासहित सम्मान गरेको हो । दिवसको अवसर पारेर पर्यटकीय नगरी सिमरामा संघले सम्मान गर्दा यात्रुहरु निकै हर्षित देखिएका थिए ।

‘पर्यटन दिवसको अवसरमा यसरी यात्रुहरुलाई सम्मान गर्नु निकै खुशिको कुरा हो, यसले पर्यटन प्रवद्र्धनमा ठुलो भुमिका खेल्नेछ’ विरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले भन्नुभयो । सरावगी काठमाण्डौबाट सिमरा आउने यात्रुहरु मध्यका एक हुन् ।

अर्का यात्रु मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्ताले संघ बाराको कार्य देखेर आफु निकै हर्षित भएको बताउनुभयो । यात्रु सम्मान कार्यक्रमपछि सिमराको एयरर्पोट चोकमा आयोजित कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले बारालाई पर्यटकीय गन्तब्यको रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधि, संघ–संस्थाका व्यक्ति, उद्योगि व्यवसायी, व्यापारी, बुद्धिजिवि, शिक्षक, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन होटल तथा पर्यटन व्यवसायी संघ बाराका सञ्चार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो ।

यसैबिच, पर्यटन दिवसको अवसरमा संघले भोलि अन्र्तक्रिया कार्यक्रम गर्देछ । पर्यटन प्रवद्र्धनमा युवाहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम भोलि बिहान ७ बजे सम्यक होटल सिमरामा आयोजना गर्न लागिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

यस्तै दिवसको अवसरमा संघ बाराले १३ गते साईकलिङ कार्यक्रम गर्देछ । जीतपुरको गढिमाई मन्दिरबाट शुरु हुने साईकलिङ अमलेखगञ्जको हात्तिसारसम्म पुगेर टुंङिग्नेछ । सिमरा बजारमा असोज २७, २८ र २९ गते हुन लागेको दोश्रो बारा खाना तथा देशै महोत्सव २०७५ लाई सफल बनाउने उदेश्यसहित संघले आजदेखि ३ दिने बिशेष कार्यक्रम शुरु गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*