जीतपुर दुर्घटना अपडेट : ट्रकको ठक्करबाट छोराको मृत्यु, आमा घाईते

ए वान डेस्क /
ट्रकले स्कुटिलाई ठक्कर दिदा बाराको जीतपुरमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । विरगञ्जबाट हेटौडातर्फ आईरहेको ना४ख १०९८ नम्बरको ट्रकले ना२३प ५७३४ नम्बरको स्कुटिलाई ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट स्कुटि पछाडी बसेका पथलैया निवासी प्रविण प्रसाईको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ । प्रहरीका अनुसार स्कुटि चालक पथलैया निवासी कबिता प्रसाई घाईते हुनुभएको छ ।
प्राप्त जानकारी अनुसार कबिता प्रसाई छोरा प्रविणलाई लिएर किनमेल गर्न जीतपुर बजार पुग्नुभएको थियो । प्रसाईको स्थानीय अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
स्कुटिलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।