औराहामा निशुल्क आखा शिविरको आयोजना

ए वान डेस्क
१२ आश्विन २०७५, शुक्रबार १५:०२

ए वान डेस्क /

कृष्ण प्रणामी मन्दिर सेवा समिती औराहाले निशुल्क आखा शिविरको आयोजना गरेको छ । समितिले हेटौडा आखा अस्पतालको प्राविधिक सहयोगमा आज औराहामा आखा शिविरको आयोजना गरेको हो ।

शिविरको एक कार्यक्रमकाबिच जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भोजबहादुर खत्री ईश्वरले उद्घाटन गर्नुभएको थियो । शिविरमा अहिलेसम्म ३६७ जनाले आखा परिक्षण गराएका छन् । जसमध्य आखा परिक्षणका क्रममा ७१ जनामा मोतियाबिन्दु फेला परेको कृष्ण प्रणामी मन्दिर सेवा समिती औराहका उपाध्यक्ष मोहन प्रसाद भुर्तेलले ए वान समाचारलाई जानकारी दिनुभयो ।

यसैबिच, वडा नम्बर ४ का वडा अध्यक्ष खत्रीले ६० जना बृद्धबृद्धाको अप्रेसनको लागी गरिने आवश्यक व्यवस्थापनको निम्ति व्यक्तिगत रुपमा १० हजार रुपैया आर्थीक सहयोग गर्ने घोषणा गर्नुभयो । आर्थीक सहयोगको घोषणा गर्दे अध्यक्ष खत्रीले शिविरबाट भरपुर सेवा लिने सबैलाई आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*