‘पर्यटन प्रवद्र्धनमा युवाहरुको भुमिका महत्वपुर्ण हुन्छ’

ए वान डेस्क
१२ आश्विन २०७५, शुक्रबार १७:४८

बाराको सिमरामा पर्यटन प्रवद्र्धनमा युवाहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिश्व पर्यटन दिवसको अवसरमा होटल तथा पर्यटन व्यवसायी संघ बाराले सिमरामा आज अन्र्तक्रिया गरेको हो ।

पर्यटन दिवसको अवसरमा ३ दिने कार्यक्रम शार्वजनीक गर्दे बिभिन्न क्रियाकलाप गर्दे आएको संघले आज अन्र्तक्रिया गरेको हो । सिमरास्थित सम्यक होटलमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य दिनेश राईले पर्यटन प्रवद्र्धनमा युवाहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

‘खासगरी अहिलेको समयमा युवाहरु पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने देखिएको छ, यसले स्वरोजगार शिर्जना गर्ने निश्चित छ’ राईले भन्नुभयो । कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ बाराका सल्लाहकार शोभाकर पराजुलीले बिकसित देशमा जस्तै नेपालमा पनि पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ बाराका सल्लाहकार युवराज लामाले छोटो समयमा बाराको पर्यटन अभियानमा दु्रत गतिमा अघि बढेको बताउनुभयो । ‘अबको केहिबर्ष पछि जिल्लामा पर्यटकको संख्या ह्वात्तै बढ्नेछ, यसले पर्यटन प्रवद्र्धनमा ठुलो भुमिका खेल्नेछ’ उहाले भन्नुभयो ।

कार्यक्रममा जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, नेपाली काग्रेसका नेताहरु छविलाल शर्मा, शुसिल ढोडारी लगायतको उपस्थिति रहेको थियो । होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रमको सञ्चालन सञ्चार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो ।

कार्यक्रममा झन्डै ५० जना युवाहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*