बारामा साईकलिङ : डिआईजीदेखि शिक्षकसम्मको सहभागिता

ए वान डेस्क
१३ आश्विन २०७५, शनिबार १८:४३

बारामा आज झन्डै डेढ सय जनाले साईकलिङ कार्यक्रममा सहभागिता जनाएका छन् । ३९औ बिश्व पर्यटन दिवसको अवसर पारेर होटल तथा पर्यटन व्यवसायी संघ बाराले आयोजना गरेको साईकलिङ कार्यक्रममा १३६ जनाले सहभागिता जनाएका हुन् ।

बारा खाना तथा दशै महोत्सवलाई लक्ष्ति गरी पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको साईकलिङमा बारासहित छिमेकी जिल्ला मकवानपुरबाट समेत साईकल यात्रुको सहभागिता रहेको थियो । साईकलिङ कार्यक्रममा छिमेकी जिल्ला मकवानपुरबाट ३६ जनाको सहभागिता रहेको होटल तथा पर्यटन व्यवसायी संघ बाराका सञ्चार संयोजक प्रदिप गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरीका डिआईजीदेखि शिक्षकसम्मले साईकिङ गरेका थिए । जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ स्थित जीतपुरको गढिमाई मन्दिरबाट शुरु भएको साईकलिङ अमलेखगञ्जको हात्तिसारमा पुगेर अन्त्य भएको थियो ।

जीतपुरको गढिमाई मन्दिरमा आज बिहान आयोजित एक कार्यक्रमकाबिच साईकलिङ टोलिलाई नेपालको झन्डा प्रदान गरि यात्रा शुरु गरिएको थियो । साईकल यात्रुहरुले गढिमाई मन्दिरबाट झन्डै २२ किलोमिटर दुरीमा रहेको हात्तिसार सहजै तय गरेका थिए । ९ बर्षदेखि ६५ बर्षसम्मका बृद्धले साईकलिङ गर्दा कार्यक्रमको माहोलनै तातिएको थियो ।

कडा सुरक्षाकाबिच गढिमाई मन्दिरबाट शुरु गरिएको साईकलिङ कार्यक्रम अमलेखगञ्जको हात्तिसारमा पुगेर सम्पन्न भएको थियो । साईकलिङमा सशस्त्र प्रहरीका प्रहरी नायव महानिरिक्षक डिआईजी कबिन्द्र मान श्रेष्ठसहित १० जना सुरक्षा निकायका उच्च पदस्थ व्यक्तिको समेत सहभागिता रहेको थियो ।

यसअघि आज बिहान गढिमाई मन्दिरमा आयोजित कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ बाराका सल्लाहकार शोभाकर पराजुली, राजन पौडेल, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य दिनेश राई, नेता अनिल श्रेष्ठ, समाजसेवी निरु रायमाझी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय शाह, वडा नम्बर २ का वडा अध्यक्ष तिलकबहादुुर श्रेष्ठ, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो ।

यसैबिच, साईकल यात्रुहरुलाई जीतपुरसिमरा उप–महानगरपालिकाभित्र रहेका बिभिन्न बन समुहहरुले स्वागत गरेका छन् । साईकलिङका क्रममा अध्यक्ष तारा बहादुर कार्कीको नेतृत्वमा जनजागरण मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुह, अध्यक्ष कुबेर न्यौपानेको नेतृत्वमा मुसहर्निमाई मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुह, अध्यक्ष चोलाबहादुर पण्डितको नेतृत्वमा राधाकृष्ण मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुह, अध्यक्ष पेशल मुल्मिको नेतृत्वमा भिमेश्वर मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुह र अध्यक्ष राज कुमार मानन्धरको नेतृत्वमा अमलेश्वर मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिले साईकल यात्रुहरुलाई जुस खुवाएर स्वागत गरेका थिए ।

यता, सिमरामा रहेको अलपाईन अस्पताल र ग्रासरुट टिमले पनि यात्रुहरुलाई जुस खुवाएर स्वागत गरेको थियो । अस्पतालका सञ्चालक शिव शर्मा र ग्रासरुटका नेतृत्वकर्ता रामचन्द्र लामा लगायत फुटबल अभियान्ता शम्भुसिंह ठकुरी, किशोर त्रिपाठी, शंकर थापा, राजदास श्रेष्ठ, उदय श्रेष्ठलगायतले जुस खुवाएर स्वागत गर्नुभएको थियो ।

साईकल यात्रुहरु सिमरा रंगशाला आईपुग्दा ग्रासरुट फुटबलका खेलाडीहरुले समेत तालि बजारएर हौषला प्रदान गरेका थिए । साईकल यात्रुहरुलाई अमलखेगञ्जमा प्रदेशसभा सदस्य सिता गुरुङले स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा वडा नम्बर २१ वडा अध्यक्ष कृष्ण ठुकरी, होटल व्यवसायी मुन्निकाजि मगर लगायको उपस्थिति रहेकेो थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*