बारामा संगितकला मञ्चको नया कार्यसमिति गठन, पाण्डे भए अध्यक्ष

ए वान डेस्क /
बारामा संगितकला मञ्च बाराको नया कार्यसमिति गठन भएको छ । बाराको सिमरामा सम्पन्न कलाकारहरुले एक भेलाले हिजो नया कार्यसमिति गठन गरेको हो ।
भेलाले गायक तथा संगितकार बिकास पाण्डेको अध्यक्षतामा १३ सदस्यि नया कार्यसमिति गठन गरेको छ । समितिको प्रथम उपाध्यक्ष देवेन्द्र कार्की, दोश्रो उपाध्यक्ष सञ्जु बिक, सचिव सुशिल पौडेल, सह–सचिव अर्जिना केसी क्षेत्री, कोषाध्यक्ष चयन गुरुङ चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा शोभा शर्मा, आशिस दंगाल, मनोज अधिकारी, हरि श्रेष्ठ, अस्मिता ढकाल, झरना श्रेष्ठ र कृष्ण जैशवाल चयन हुनुभएको छ ।
भेलापछि ए वान समाचारसंग कुरागर्दे संगितकला मञ्च बाराका अध्यक्ष बिकास पाण्डेले जिल्लाभित्र रहेका सबै कलाकारहरुको मनोभावना बुझेर काम गर्ने बताउनुभयो । ‘जिल्लाभित्र छरिएर रहनुभएका सबै कलाकारहरुको अब जमघट हुने भएको छ, हामी यो मञ्चमा सबैलाई समेट्ने छौ’ अध्यक्ष पाण्डेले भन्नुभयो ।
यसअघि हिजो सिमराको सम्यक होटलमा आयोजित भेलामा समाजसेवी राजन पौडेल, संगितकार संतोष देउजा, संगितप्रेमी दिपान्जन पाख्रिन लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।