जीतपुरसिमरामा नागरिक सहायता कक्ष सञ्चालनमा

ए वान डेस्क
१६ आश्विन २०७५, मंगलवार १३:५२

ए वान डेस्क /

ईलाका प्रहरी कार्यालय सिमराले चाडपर्वका बेला यात्रुको सहजताका लागि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । नजिकिदै गरेको नेपालीहरुको महानपर्व बडादशै, शुभ–दिपावली र छठपर्वलाई मध्यनजर गर्दे ईलाका प्रहरी कार्यालय सिमराले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।

सहज र सुरक्षित यात्राका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि दशै, तिहार र छठ पर्वलाई मध्यनजर गरी सिमरामा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नीरिक्षक सुभाष हमालले ए वान समाचारलाई जानकारी दिनुभयो । सहायता कक्षमा यात्रुको पिरमर्का सम्बोधन गरिनुका साथै ट्राफिक व्यवस्थापन, चालकको अवस्था, मापसे जाँचलगायतका काम गरिने प्रहरी निरीक्षक हमालले बताउनुभयो ।

बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ स्थित सिमरा चोकमा सञ्चालन गरिएको नागरिक सहायता कक्षको ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख विशेश्वर रेग्मीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला ट्राफिक प्रहर िकार्यालय बाराका प्रमुख प्रहरी निरिक्षक बिकास बम, सहायक प्रहरी निरिक्षक प्रकाश पौडेल, नव दुर्गा युवा क्लब सिमराका अध्यक्ष हरि चौधरी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*