किसानले पाउने सरकारी अनुदानमा पनि कमिसनको चलखेल हुन्छ : अध्यक्ष साह
प्रदिप गौतम /
ज्युदो माछा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष जंगबहादुर साहले सरकारी अनुदानमा पनि कमिसनको चलखेल हुने गरेको आरोप लगाउनुभएको छ । ए वान समाचारसंग नेपालमा ज्युदो माछाको अवस्थाका बिषयमा संक्षिप्त कुरागर्दै केन्द्रिय अध्यक्ष साहले किसानले पाउने अनुदानमा पनि कमिसनको चलखेल हुने गरेको बताउनुभयो ।
हामीले नेपालमा ज्युदो माछाको अवस्थाका बिषयमा मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष समेत रहनुभएका जिउदो माछा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष जङ्गबहादुर साहसंग कुराकानी गरेका छौ ।
नेपालमा अहिले ज्युदो माछाको अवस्था कस्तो छ ?
निकै राम्रोे छ । दैनिक अहिले तपाईको ४० देखि ४५ क्विन्टल माछा काठमाण्डौमा मात्र खपत हुने गरेको छ । जसमा बाराबाट मात्र दैनिक ३० क्विन्टल माछा काठमाण्डौ आउने गरेको छ । अरु चितव, नवलपरासीबाट आउछ ।
बिशेष गरी कोल्हवी नगरपालिकाको माछा गाउ बोधवनबाट धेरै माछा काठमाण्डौ आउने गरेको छ भने सिम्रौनगढ नगरपालिकाबाट पनि आउने गरेको छ । उपभोक्ताहरु ज्युदो माछाप्रति निकै आकर्षित छन् । काठमाण्डौमा मात्र साना–ठुला गरी झन्डै १२५ वटा माछा पसल सञ्चालन भईरहेको छ ।
नेपालमा चाहि दैनिक अहिले कति माछा खपत हुन्छ ?
नेपालमा दैनिक ६५ क्विन्टलको हाराहारीमा माछा खपत हुने गरेको छ । पुर्वदेखि पश्चितसम्म गरी त्यति माछा खपत हुने गरेको भएपनि सबैभन्दा धेरै काठमाण्डौमै हुन्छ । काठमाण्डौमा यसको शुरुवात म आफैले २०६९ सालमा बल्खुस्थित तरकारी बजारबाट शुरुवात गरेको थिए ।
चुनौतिहरु के–के छन् ?
चुनौति धेरै नै छ । सबैभन्दा ठुलो चुनौति भनेको नै प्रहरी प्रशासनबाट हुन्छ । त्यसपछि भेटनरीबाट सबैभन्दा ठुलो समस्या सिर्जना हुन्छ । यता बिदेशी माछासंग प्रतिस्पर्धा गर्नुपरेको छ । राज्यबाट अनुगमनको पनि कमि भएको मैले महशुस गरेको छु ।
राज्यलाई यसबारे जानकारी गराउनुभएको छैन ?
धेरै पटक गराईसकेका छौ । डा. बाबुराम भट्राई प्रधानमन्त्री हुदादेखि नै सरकारलाई यसबारेमा जानकारी गराईरहेका छौ । ्माछा सम्बन्धी कार्यक्रम लागु हुन्छ तर अनुदानबाट बास्तवीक किसान बञ्चित हुन्छन् ।
यहा बास्तवीक किसानले अनुदान पाएका छैनन । कमिसनको चलखेन सधै हुन्छ । ठुलो पोखरीवालाहरुले कमिसनको चलखेल गर्छन तर साना किसानहरु पनि यसबाट बञ्चित हुन पुग्छन । यसमा पनि राज्यले बिशेष ध्यान दिनुपर्ने मैले देखेको छु ।
अन्त्यमा उपभोक्ताले ज्युदो स्वदेशी माछा नै किन खाने ?
यसका धेरै कारण छन । यसमा कुनै केमिकल हुदैन । गर्भवति महिलालाई फाईदा हुन्छ । धेरै किशिमका रोग निको हुन्छ । यस्ता धेरै कारण छन् । त्यसकारण स्वच्छ र ताजा माछा खान म सबै नेपालीहरुलाई आग्रह गर्न चाहन्छु ।















