साना किसान कृषि सहकारी संस्थाको ८औँ वार्षिक साधारण सभा सम्पन्न

प्रदेश नम्बर २ का भुमि, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले कृषिमा आधुनिकिकरण नभएसम्म कृषक आत्मनिर्भर नहुने बताउनुभएको छ । बाराको तेतरीयामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको ८औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले अहिलेपनि पुरानै शैलिमा किशानहरु खेती गरिरहेकोभन्दै कृषिमा आधुनिकिकरण नभएसम्म कृषक आत्मनिरभर नहुने बताउनुभयो ।
मन्त्रि साहले सहकारी मार्फत राज्यमा आर्थिक र समाजिक परिर्वतनको परिकल्पना गरेको बताउदै तिन खम्बे अर्थनिती ब्यवहारमा आउन नसक्दा सहकारी मार्फत सोचेअनुरुपको प्रतिफल लिन नसकेको बताउनुभयो । उहाँले सहकारी ऐनले निर्दिष्ट गरेअनुसार प्रदेश तथा स्थानिय सरकारहरुले सहकारीलाई नियमन र ब्यवस्थापन गर्न सहकारीमैत्री ऐन ल्याउन आवश्यक रहेको बताउनुभयो । साथै मन्त्रि साहले प्रदेश सहकारी ऐन निर्माणको अन्तिम चरणमा रहेको बताउदै सहकारी मैत्री हुने बताउनुभयो ।
यसैगरी प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य पारस साहले महिलाको उल्लेख्य सहभागीता नरहेको वितीय संस्थाले प्रगती नगरेको दर्शाउदै महिलालाई मुख्य प्राथमिक्तामा राखेका संस्थाको राम्रो प्रगती भएको बताउनुभयो ।
संस्थाका अध्यक्ष कान्ति देविको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य बच्चा यादब, पुर्व संसाद प्रमोद प्रसाद गुप्ता, करैयामाई गाउपालिकाका अध्यक्ष भुवनेश्वर धामी, नेपाल कृषि सहकारी केन्द्रिय संघका संचालक शिवप्रसाद अधिकारी, बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर, साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, साना किसान कृषि सहकारीसंस्था मनहर्वाका अध्यक्ष नयनकला खड्का लगाएतको उपस्थिति रहेको थियो ।
चौधरीको सहजिकरणमा सम्पन्न कार्यक्रममा संचालक किरण चौधरीले स्वागत मन्तब्य राख्नुभएको थियो ।
पत्रकार सम्मानित
सानाकिसान कृषि सहकारी संस्था तेतरीयाले सहकारी प्रतिको स्नेह, खबरदारी र जिमेवारी बहन गरेको भन्दै नेपाल सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडालाई दोसल्ला ओढाएर कदरपत्र सहित सम्मानित गरेको छ । साथै सहकारीलाई सहयोग गर्ने विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
संस्थाले सहकारीका बृद्ध, अपाङ्ग र सदस्य परिवारका उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मानित गरेको छ ।