जीतपुरमा ‘सस्तो बजार’, जाने हैन त किन्न ?

ए वान डेस्क /
बारामा आजदेखि सुपथ मुल्य पसल सञ्चालनमा आएको छ । नेपालीहरुको महान पर्व बडा दशैलाई लक्ष्ति गरी जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आजदेखि जीतपुरमा सुपथ मुल्य पसल सञ्चालन गरेको हो ।
जीतपुरको गिरि मार्केटमा सस्तो बजारको नामबाट आजदेखि सञ्चालनमा आएको सुपथ मुल्य पसल ४ दिनसम्म चल्नेछ । सुपथ मुल्य पसलको आज एक कार्यक्रमकाबिच जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उप–महानगरपालिकाका नगर प्रमुख डा. पौडेलले चाड पर्वको समयमा सुपथ मुल्य पसल निकै प्रभावकारी हुने भन्दै उपभोक्ताहरु यसबाट निकै लाभान्वित हुने बताउनुभयो । कार्यक्रममा जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, नगर उद्योग वाणिज्य संघ जीतपुरका पुर्व अध्यक्ष घनश्याम गिरि र सुपथ मुल्य पसलका संयोजक मनोज गुप्ताले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख बिशेश्वर रेग्मि, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका सल्लाहकारहरु देवनारायण चौधरी, राजन पौडेल, बरिष्ठ उपाध्यक्ष मोहन शर्मा, औद्योगिक सुरक्षा गुल्म औराहका गुल्मपति गौतमराज कुवर, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नीरिक्षक सुभाष हमाल लगायतको उपस्थिति रहेको थियो । नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गिता शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा संघका महासचिव शिवजी शाह सोनारले स्वागत मन्तब्य राख्नुभएको थियो । सुपथ मुल्य पसलमा दैनिक उपभोग्य बस्तु राखिएको नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साहले ए वान समाचारलाई जानकारी दिनुभयो ।