अब कम्युनिष्ट सरकार विश्वबाटै बिलय हुन्छ : प्रमुख सचेतक खाड

फोटो : मुकेश यादव
ए वान डेस्क
२५ आश्विन २०७५, बिहीबार १७:०२

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले विश्वबाट नै कम्युनिष्ट सरकार विलय भएर जाने दाबी गर्नुभएको छ । नेपाली कांग्रेस नगर कार्य समितिले जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैयामा आयोजना गरेको शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख सचेतक खाडले यस्तो बताउनुभएको हो ।

उहाले आउदो १० वर्ष भित्रमा विश्वभरीका कुनैपनि मुलुकमा कम्युनिष्ट सरकारमा नरहने ठोकुवा गर्नुभयो । ‘जब १० वर्ष भित्रमा विश्वबाट नै कम्युनिष्ट सरकारबाट हराएर जान्छ भने नेपालको त कुरा नै गर्नु पर्दैन’ खाडले भन्नुभयो ।

उहाले ओलि नेतृत्वको सरकार बोलिमा मात्र सिमित रहेकोभन्दै सरकारको आलोचना गर्नुभयो । खाडले संविधानको रक्षा गर्नको लागि, लोकतन्त्रको रक्षा, मुलुकमा शान्ति, समृद्धि र विकासको लागि नेपाली कांग्रेसले आन्दोलन गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले ओलि नेतृत्वको सरकार पाच बर्ष सम्म नटिक्ने बताउनुभयो । कार्यक्रममा पर्साका सभापति अजय द्विवेदी, प्रदेशसभा सदस्य शोभा लामा, पुर्व सांसद मधुशाही ठकुरी, नेपाल तरूण दल बाराका अध्यक्ष लुकेश सिंह, ट्रेड युनियनका विश्वमणी शर्मा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

नगर सभापति श्यामबाबु गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर सचिव सुशील ढोडारीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कालिका ढकालले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*