दोस्रो बारा खाना तथा दशै महोत्सवको सम्पुर्ण तयारी पुरा

फोटो : शिवराज अधिकारी
ए वान डेस्क
२६ आश्विन २०७५, शुक्रबार १८:३७

बाराको सिमरामा भोलिदेखि शुरु हुन लागेको दोश्रो बारा खाना तथा दशै महोत्सव २०७५ को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक होटल व्यवसायी संघ बाराले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले भोलिदेखि सिमरामा शुरु हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ स्थित एयरपोर्ट रोड सिमरामा हुन लागेको महोत्सव ३ दिनसम्म चल्नेछ ।

सडक मै खाऔ, सडक मै रमाऔ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा झन्डै ३० वटा स्टल रहने अध्यक्ष शर्माले बताउनुभयो । महोत्सव झन्डै १ लाख दर्शकले अवलोकन गर्ने अध्यक्ष शर्माले बताउनुभयो ।

करिव २३ लाखको अनुमानित लागतमा भोलिदेखि शुरु हुन लागेको महोत्सवको भोलि सस्कृती, पर्यटन तथा नागरिक उड्डन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवमा स्थानीयका साथै राष्ट्रिय स्तरका कलारकाहरुले समेत प्रस्तुती रहने महोत्सव मुल आयोजक समारोह समितिका कलाकार संयोजक विकास पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार महोत्सवमा राजनराज सिवकोटी, रामजी खाड, दुर्गा खरेल, कमल क. क्षेत्री, सम्झना लामिछाने मगर, दिनेश काफ्ले, विकास पाण्डे, सुनिल पण्डित, प्रदिप त्रिपाठी, देवेन्द्र कार्की, पनाम ब्याण्ड, संतोष देउजा, प्रमोद जखमी, अभिनास आचार्य, अर्जिना के.सी, विशाल श्रेष्ठ, शुशिल पौडेल, जेम्स श्रेष्ठ, चैन मगर, संतोष पौडेल लगायतले आफ्नो प्रस्तुती देखाउनेछन् । महोत्सवमा आयोजकको रुपमा होटल तथा पर्यटन व्यवसायी महासंघ, प्रदेश नम्बर २, प्रर्वधकको रुपमा नेपाल पर्यटन बोर्ड, काठमाण्डौ, मुख्य सहयोगी  जीतपुरसिमरा उप–महानगरपालिका, बारा, सह–आयोजकको रुपमा नेपाल मत्स्य व्यवसायी संघ बारा, सामुदायीक बिकाशसिल क्लब सिमरा बारा, नव दुर्गा युवा क्लब सिमरा बारा रहेको छ ।

यसैगरी महोत्सवको मुख्य प्रायोजकको रुपमा गार्खा ब्रूअरीको उत्पादन टुर्बग र कलाकार व्यवस्थापनमा साङ्गितक कला मञ्च बारा रहेको छ । होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सञ्चार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*