प्रमेश्वर स्मृति टि २० क्रिकेट : छपकैया सेमिफाईनलमा
ए वान डेस्क /
विरगञ्ज छपकैया जीतपुरसिमरा उप–महानगरपालिकाको फत्तेपुरमा जारी प्रमेश्वर स्मृति टि २० क्रिकेट प्रतियोगिताको सेमिफाईनमा प्रवेश गरेको छ । आज भएको खेलमा हात्तिसार क्रिकेट क्लब डुमरवानालाई १४५ रन अन्तरले पराजित गर्दे छपकैया सेमिफाईनलमा प्रवेश गरेको हो ।
प्रतियोगिता अन्र्तगत भोलि कलैया र जीतपुरबिच खेल हुने आयोजक बटन एण्ड ब्रिज फाउण्डेसन सिमराका सदस्य ईश्वर रिजालले ए वान समाचारलाई जानकारी दिनुभयो । असोज २० गतेदेखि फत्तेपुरको खेल मैदानमा शुरु भएको प्रमेश्वर स्मृति टि २० क्रिकेट प्रतियोगिता १६ वटा टिमको सहभागिता रहेको छ ।















